तपाईँ सुन्दै हुनुहुन्छः

पिपरा गाउँपालिकामा पनि मददान सुरु

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका सहित अन्य तीन स्थानमा मतदान सुरु भएको छ । गाउँपालिका अध्यक्ष पदकालागि भइरहेको उपनिर्वाचनमा विहान ७ ः ३० बजेबाट मतदान सुरु भएको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

मतदानकालागि स्थानीयहरु विहानैदेखि मतदानकालागि हर्षौल्लासका साथ पुगिरहेका छन् ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष पदालागि विभिन्न दलबाट ११ र ९ जना स्वतन्त्र गरी जम्मा २० जनाले उम्मेदवारी दिएका छन् । पिपरामा अध्यक्षको पदमा,बलवा नगरपालिकामा वडा नम्बर २ र ८ को वडाअध्यक्षको लागि उपनिर्वाचन हुदैछ भने त्यस्तै मटिहानी नगरपालिकामा वडा नम्बर ८ को वडाअध्यक्षको लागि उपनिर्वाचन भैरहको छ ।
महोत्तरीमा एक गाउँपालिका अध्यक्ष सहित ३ वडाअध्यक्षको लागि निर्वाचन हुदैछ । उपनिर्वाचनको लागि २९ मतदान केन्द्र तोकिएको छ भने कुल २२ हजार ९ सय २० मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button