तपाईँ सुन्दै हुनुहुन्छः

कास्की २ मा मतदान शुरु : चुनावी मैदानमा २१ उम्मेदवार, १३ उमेदवार जस्ले आफैंलाई मत हाल्न पाउँदैनन्

पोखरा । प्रतिनिधि सभा सदस्यका लागि आज हुने उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु सुरु भएको छ । उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् ।
कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिलारहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेको छ ।
मतदाताहरु बिहानैदेखि मतदान गर्न लाइनमा बसेका छन् । बिहान ७ बजे बाट शुरु भएको मतदान प्रक्रिया बेलुकी ५ बजेसम्म चल्नेछ । उपनिर्वाचनका लागि पाँच हजार पाँच सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको छ ।
उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरीएको छ ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घट्नामा निधन भएपछि उपनिर्वाचन भएको हो । कास्की २ मा दलका ११ र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
२१ उमेदवारहरुमध्ये आठजनाले मात्र आफैलाई मतदान गर्न पाउँछन् । बाँकी १३ जना उमेदवारहरुले भने अरुको मतमा निर्भर रहनुपर्छ ।

कास्की २ को प्रतिनिधीसभा निर्वाचन क्षेत्र पोखरा महानगरपालिकाका ११ वटा वडाहरु मिलेर बनेको छ । चुनावमा होमिएका ८ जना उमेदवार मात्रै यही चुनावी क्षेत्रका बासिन्दा हुन् ।

नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेल नै मतदानबाट वञ्चित हुनेछन् । कारण, उनी कास्कीकै भएतापनि प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. ३ का बासिन्दा हुन् । पौडेल पोखरा २२ का बासिन्दा हुन् । पौडेलसँगै नेपाली कांग्रेस बिपीका चन्द्र बहादुर रानाभाटले पनि मतदान गर्न पाउँदैनन् । उनी पोखरा २६ का बासिन्दा हुन् । आफूले आफैलाई मतदान गर्न नपाउने ‘अभागी उमेदवार’हरुमा राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना पनि छन् । उनी तनहुँका हुन् । यस्तै, देशभक्त समाजवादी पार्टीका उमेदवार विर बहादुर विश्वकर्मा अन्नपूर्ण गाउँपालिकाका हुन् । मंगोल नेशनल अर्गनाइजेसनका उमेदवार रियाज गुरुङ पोखरा २७ का स्थायी बासिन्दा हुन् ।

आफैलाई मतदान गर्न नपाउने स्वतन्त्र उमेदवारहरु आठ जना रहेका छन् । विवेकशील नेपाली दलको समर्थनमा चुनावमा भाग लिएकी जमुना शर्माले पनि आफूलाई मत हाल्न पाउँदिनन् । उनी पोखरा ६ निवासी हुन् । वालिङ ११ स्याङजाका यज्ञप्रसाद पंगेनी, पोखरा २५ का कमलजंग कुँवर, पोखरा २३ लक्ष्मीकुमारी भुजेल, कपिलवस्तुका सुनिल भुषाल, पोखरा १९ का उमनाथ गौतम, सुर्खेतका दिपक रेग्मी, पोखरा २८ का नवराज बास्तोलाले पनि मतदान गर्न पाउँदैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button