तपाईँ सुन्दै हुनुहुन्छः

‘प्राप्त उपलब्धिलाई विकाससँग जोड्नुपर्छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालले राजनैतिक आन्दोलनमा प्राप्त गरेको उपलब्धि देशको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा प्रतिविम्वित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल चलचित्र बोर्डले प्रकाशन गरेको चलचित्र छायाङ्कनका लागि नेपाल भित्रका सम्भावित क्षेत्रको परिचयात्मक पुस्तिका ‘फिल्मिङ् इन नेपाल’को आज काठमाडौमा लोकार्पण गर्नुहुँदै मन्त्री बास्कोटाले राजनैतिक अस्थिरता र द्वन्दको समाधानमा देशले प्राप्त गरेको उपलब्धिलाई आर्थिक, सामाजिक र साँस्कृतिक विकाससंग जोड्नुपर्ने बताउनुभयो ।

सरकारले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा सुनिने, देखिने र चिनिने गरी प्रस्तुत गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री बाँस्कोटाले निजी क्षेत्रले समेत यसका लागि सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नेपालको भू–बनोट, र सामाजिक जनजीवन अन्तराष्ट्रिय फिल्म जगतका लागि आकर्षक गन्तव्य हुनसक्ने उल्लेख गर्नुहुँदै यसका लागि आवश्यक भौतिक पूर्वाधारको विकास एवं प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button