तपाईँ सुन्दै हुनुहुन्छः

भोलि उपनिर्वाचनः ५२ पदका लागि चुनाव हुँदै

अच्युत अर्याल । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको रिक्त ५२ पदका लागि भोलि शनिवार उपनिर्वाचन हुदैछ ।

निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले आह्वान गर्नुभएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दाे एकिकृत सुरक्षा योजना बनाइएको छ ।

प्रतिनिधिसभातर्पm २१, प्रदेश सभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता रहेका छन् ।

कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ भने बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button