तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

अजय बम । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ ।

समूह चरणको अन्तिम खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएपछि नेपालले सेमिफाइनलमा श्रीलंकालाइ प्रतिद्वन्द्धी पाएको हो ।

त्रिपुरेश्वर स्थित कभर्ड हलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो । श्रीलंकाले माल्दिभ्समाथि २५–१५, २५–१८ र २५–१४ को सेटमा पाखा लगायो ।

माल्दिभ्सलाई हराएसँगै श्रीलंका समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा माल्दिभ्सले भारतसँग खेल्नेछ । नेपालले सेमिफाइनल शनीबार खेल्नेछ ।

यसैबीच, सागका लागि माल्दिभ्स र बंगलादेशको फुटबल टिम काठमाडौं आइपुगेको छ ।

माल्दिभ्स टिम शुक्रबार दिउँसो काठमाडौं आइपुगेको हो । जसमा पुरुष टिम नेपाल आएको हो । सागको पुरुष फुटबलमा माल्दिभ्सले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । १६ गते खेल हुनेछ ।

त्यसपछि माल्दिभ्सले १७ गते बंगालादेशसँग खेल्नेछ । प्रतियोगितामा माल्दिभ्सको तेस्रो प्रतिद्धन्द्धी भुटान रहेको छ । उसले नेपालसँग लिगको अन्तिम खेल खेल्नेछ ।

यस्तै बंगलादेश टिम पनि काठमाडौं पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button