तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषिलाई उद्यमशीलतासँग जोड्न नसके राम्रो प्रतिफल नआउने’

काठमाडौं । नव नियुक्त कृषि बिकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुषालले कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन नसक्ने बताउनु भयो ।

कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण गरीे कृषिलाई उद्यमसँग गाँस्न प्रयत्न गर्ने पनि मन्त्री भुषालले उल्लेख गर्नु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले किसानहरुको हितमा राज्यको नीति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button