तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारलाई भूमिका बिहिन बनाएर संघियता मजबुद बन्न सक्दैन् : उपप्रधानमन्त्री यादव

काठमाडौँ । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले प्रदेश सरकारलाई भूमिका बिहिन बनाएर संघीयता मजबुद बन्न नसक्ने बताउनुभएको छ ।

संबैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरुसँगको भेटमा उपप्रधानमन्त्री यादवले संघीयतामा प्रदेश अधिकार सम्पन्न हुनुपर्नेमा त्यस्तो हुन नसको बताउनुभयो ।

उहाँले संविधान र संघीयता अनुकुल कतिपय कानुनहरु परिमार्जन गर्न बाँकी रहेकाले त्यसलाई छिटै टुङ्ग्याइने स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री यादवले आफू संविधान संशोधनको मिसनसहित सरकारमा सहभागी भएकाले मिसन पूरा गर्न प्रयत्नशील रहने बताउनुभयो ।

उहाँले अदालतहरुमा न्यायधिश रिक्त हुनुअघि नै न्यायधिश नियुक्तिका लागि सिफारिस गर्ने विषय उपर्युक्त नभएको भन्दै न्याय परिषद्मा मन्त्रालयको तर्फबाट खेल्ने भूमिकालाई प्रभावकारी बनाउने विस्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button