तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई मेलामा दर्शनार्थीको भिड बढदै

बीरगंज । बाराको बरियारपुरमा जारी पञ्चवर्षिय गढीमाई मेलामा भक्तजन बढिरहेका छन् । मेलामा दैनिक ५०÷६० हजार भन्दा बढी भक्तजनहरुले गढीमाईको दर्शन गरिहरेका छन् ।

मंसिर १ गतेदेखि सुरु एक महिने मेलाको आज १३ औं दिन हो । मेला मुल ब्यवस्थापन समितिका अनुसार आजसम्म सात लाख भन्दा बढी भक्तजनले गढीमाईको दर्शन गरिसकेका छन् ।

विश्वप्रसिद्ध मेलामा गढीमाईको दर्शन गर्न नेपाल र भारतबाट बरियारपुर आउने भक्तजनको संख्या दैनिकरुपमा बढिरहेको छ ।

भक्तजनको संख्या बढेसँगै त्यसको सहज ब्यवस्थापनका लागि आफूहरु तयार रहेको मेला मुल ब्यवस्थापन समितिका सचिव मोतिलाल कुशवाहाले बताउनु भयो । कुशवाहाले एक महिने मेलामा झण्डै ७० लाख भन्दा बढी भक्तजनले गढीमाई मन्दिरको दर्शन गर्ने दाबी गर्नुभयो ।

भक्तजनका लागि बस्ने पण्डालको ब्यवस्थापन, सुरक्षा, बाटोलगायत सबै तयारी पूरा गरेको कुशावाहाले बताउनु भयो । मेलामा भीड हुने दिन नजिकिदै गएको हुँदा समिति पुरै तयारी अवस्थामा रहेको सचिव कुशवाहाले बताउनुभयो ।

बलिका लागि प्रसिद्ध मेलामा मंसिर १७ गते धार्मिक विधिअनुसार पञ्चबलि गर्ने तयारी मन्दिरका पुजारीले गरेका छन्। पञ्चबलिसँगै मेलामा रांगा, खसी, कुखुराको बलि चढ्न सुरु हुनेछ । बलिको समयमा गढीमाई मेलामा दसौ लाख भक्तजनको उपस्थिती हुने गरेको छ ।

बलि नजिकिएसंगै मेलाको ब्यवस्थापनलाई सहज बनाउन दैनिक सुरक्षाकर्मीको संख्या पनि बढाउदै लगिएको वाराका प्रहरी नायव उपरिक्षक रन्जित सिंह राठौरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button