तपाईँ सुन्दै हुनुहुन्छः

दुहवी नगरपालिकाद्वारा गहुँ तथा मकैको बिउ वितरण

सुनसरी । दुहवी नगरपालिका आर्थिक बिकास कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा मकै, हाइब्रीड तथा गहुँको बिउ दुहवी नगर क्षेत्रका किसानहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी बितरण गरिएको छ ।

दुहवी नगरप्रमुख वेदनारायण गच्छदारले गहुँ तथा मकैको विउ वितरण कार्यक्रमका बीच सुरुवात गर्नुभएको छ ।

दुहवी नगरक्षेत्रमा रहेका १२ वटा वडाका किसानहरुको माग निवेदन भए बमोजिम कृषि सामग्री संस्थानबाट बिउ खरीद गरी एक सय ७६ जना कृषकलाई एकसय ७६ बोरा (दश हजार किलो) गहुँको बिउ आधा मुल्यमा र एक सय १८ जना कृषकलाई मकैको बिउ एक हजार दुई सय किलो ग्राम आधा अनुदानमा वितरण गरिएको दुहवी नगरपालिका कृषि शाखाका प्रमुख अजय गौतमले बताउनुभयो ।

उक्त बिउबाट १२५ विगाहा खेतीमा गहुँ उत्पादन हुने र ८० बिगाहामा मकै उत्पादन हुने गौतमले बताउनुभयो ।

उक्त वितरण कार्यक्रममा नगरप्रमुख गच्छदारले कार्यक्रमलाई सम्बोधन गर्दै यस न.पा.बाट अनुदान प्राप्त बिउ शतप्रतिशत लाभ लिन किसानहरुलाई आग्रह गर्नुभयोे । यस्ता कार्यक्रमले किसानहरुको कृषि पेसामा टेवा पुग्न उहाको भनाई थियो । नगरपालिकाले आगामी दिनमा च्याउ तथा पशु बिकास कार्यक्रमसमेत ल्याउने तयारी गरिरहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button