तपाईँ सुन्दै हुनुहुन्छः

अछामको वैद्यनाथमा शिव साधना तथा सवा करोड दिप प्रज्वलन कार्य सम्पन्न

अछाम । नेपालको चारधाम मध्येको एक अछामको वैद्यनाथ धाममा छैठौं पिण्डेश्वर शिव साधना तथा सवा करोड दिप प्रज्वलन कार्य सम्पन्न भएको । शिब साधनाका क्रममा शिवभक्ति, भजन, संगीत तथा साधनालगायतका धार्मिक प्रवचनदेखि बिभिन्न कार्यक्रमहरु गरि सम्पन्न भएको हो ।

शिव साधनामा गुरुदेव मदन बाबाले भक्ति, भजन, संगित तथा साधना प्रस्तुत गर्नु भएको थियो । साधनाको अन्तिम दिन पितृहरुको उद्धार एवम् साधक साधिकामा विद्यमान रोग, दोष, विघ्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठानसहित पहिलो पटक सवा करोड बत्ती बालिएको हो ।

शिव साधना तथा महारुद्री कार्य मंसिर ८ गतेबाट शुरु भएको थियो । ‘नेपालकै प्रमुख धाम भएकाले पिण्डेश्वर शिव लक्ष्मी धामले बैधनाथमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गरेको श्री मदन बाबा भक्ति केन्द्रले जनाएको छ ।

बैधनाथ धाम नेपालका प्रसिद्ध चार धाम पाशुपती क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथ मध्येको एक हो ।

साँफेबगर नगरपालिका वडा नम्बर १ स्थित बुढी गंगा नदीको किनारमा रहेको बैधनाथ धाम परिसरमा भएको दिप प्रजलन कार्यक्रममा देशभरीबाट श्रदालु भक्तजनहरुको सहभागिता रहेकोे वैद्यनाथ वेद विद्याश्रमका सदस्य सचिव देवराज उपाध्यायले बताउनुभयो । यसबाट वैद्यनाथ धाम तथा यस क्षेत्रकै महत्व बढेको उपाध्यायको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button