तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीको तल्लो गगनगौंडामा ल्याण्ड क्रुजर दुर्घटना, ८ जनाको अवस्था गंभिर

  

तनहुँ । कास्कीको तल्लो गगनगौंडामा सवारी दुर्घटना भएको छ । मुक्तिनाथबाट तनहुँतर्फ आउदै गरेको बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर प्राडो गाडी दुर्घटनामा परेको हो ।

शुक्रबार विहान ९ः३० बजे भएको उक्त दुर्घटनामा परि गाडीमा सवार ८ जना गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
अत्याधिक गतिमा रहेको उक्त गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको घटना स्थलबाट ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी सहायक निरिक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।

उक्त गाडी सडकबाट झण्डै १०० मिटर पर उछिट्टिएको प्रत्यक्षदर्शी पुण्यप्रसाद दाहालले बताउनुभयो । दुर्घटनाग्रस्त गाडीमा ८ जना सवार रहेका थिए ।
घाइते सवैलाई तत्काल उद्दार गरि अस्तपाल पठाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button