तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरको ठक्करबाट कैलालीमा बालिकाको मृत्यू

टीकापुर कैलाली । कैलालीको जानकी गाउपालिका वडा नं ४ मुनुवा चौराहामा ट्याक्टरको ठक्करले बालिकाको मृत्यू भएको छ ।

हिजो साझ ५ बजेतिर जोशीपुरबाट टीकापुर आउदै गरेको से १ त ३९०४ नम्बरको ट्याक्टरले ठक्कर दिदा बेलपुर गाउकी करीब १२ वर्षकी बालिका समीक्षा चौधरीको घटनास्थलमै मृत्यू भएको स्थानीय धनीराम चौधरीले जानकारी दिनुभएको छ ।

चालक तुलाराम चौधरी फरार रहेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button