तपाईँ सुन्दै हुनुहुन्छः

‘साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा’

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पार्नु भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भएको जनाउनुभएको छ ।

मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिले सागको समउद्घाटन गर्नुहुनेछ ।

१३ औं साग अन्तर्रा्ष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको छ ।

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्ने गरी नेपालले तयारी गरेको जानकारी गराउँदै मन्त्री सुनारले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिंगार्ने काम पनि भैरहेको बताउनु भयो ।

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहासिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने युवा तथा खेलकुदमन्त्री सुनारले बताउनुभयो ।

दक्षिण एसियाली खेलकुद सागको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । जसका लागि सुरक्षा ब्यवस्थ चुस्त बनाउन सबै तयारी पुरा भएको नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालले बताउनुभयो ।

सागका बेला ट्राफिक ब्यवस्था कम गर्न जोडी र विजोडी नम्वरको सवारी साधन चलाउन आग्रह गर्ने प्रहरी प्रमुख खनालले जानकारी दिुनभयो । जसमा १५ गते बिजोडी र २४ गते जोडी नम्वर चलाउनुपर्ने छ ।

उद्घाटन र समापनका बेला रंगशालामा हेर्न आउने सर्वसाधारणका लागि पार्कीङको ब्यवस्था टुडिखेलमा गरिएको छ । यसका साथै भारत र पाकिस्तानको खेलाडीलाई हुने जोखिम कम गर्न विशेष सुरक्षा ब्यवस्था गरिएको छ ।

दशरथ रंगशालामा नयाँ राखिएका कुर्सीहरु यदि दर्शकले आक्रोश वा अन्य कुनैकिसिमले भाँचेमा त्यसको क्षतीपुर्ती दर्शकले तिर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ ।

दक्षिण एशियाली खेलकुद सागको उद्घाटन खेलमा नेपालको झण्डा पारस खड्काले बोक्ने भएका छन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारसलाई राष्ट्रिय खेलकुद् परिषद्ले मार्च पासमा नेपालको झण्डा बोक्नका लागि चयन गरेको छ ।

यसका लागि पारस र भारत्तोलनका कमलबहादुर अधिकारीको नाम आएको थियो । तर अन्तिममा पारसले यो जिम्मेवारी पाएका छन । यसका साथै उद्घाटनमा खेलाडीका तर्फबाट पारसले नै सपत लिनेछन ।

जसले मार्चपासमा झण्डा बोक्छ, त्यसैले नै सपत लिने चलन छ ।

पछिल्लो पटक कप्तान पदबाट राजीनामा दिएका पारस आसन्न सागको तयारीमा रहेका छन । उनले पहिलो पटक दक्षिण एसियाली खेलकुद साग खेल्न लागेका हुन ।

सागमा क्रिकेट दोस्रो पटक समावेश गरिएको हो । पारसले मार्चपासमा नेपालको झण्डा पहिलो पटक बोक्न लागेका हुन ।

यसैबीच, सागको महिला भलिबलको दोस्रो खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलको नेपालले पहिलो सेटमा केही प्रतिस्पर्धात्मक खेल खेलेपछि बाँकी दुई सेटमा भने निकै फितलो प्रदर्शन गर्यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा नेपाल २४–२६ ले पराजित भयो ।

दोस्रो सेटमा नेपाली टिमले कमब्याक गर्न सकेन र २५–१२ ले हार्न पुग्यो । तेस्रो सेटमा पनि नेपाल २५–१६ ले पराजित भयो ।

यो हारले पनि नेपालको सेमिफाइनल सम्भावना कायमै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button