तपाईँ सुन्दै हुनुहुन्छः

भ्यानको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ जलाखुमा आज बिहान भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी मध्यपुर थिमि नगरपालिका ६ पुरानोठिमी बस्ने २५ वर्षीया ज्योती मगर रहेको प्रहरीले जनाएको छ ।

बा १२ च ५६४० नम्बरको पानी ढुवानी गर्ने भ्यानले ठक्कर दिँदा गम्भिर घाइते भएकी मगरको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने भ्यान र चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि ७ नगदेश बस्ने बर्ष २८ को बेल बहादुर तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button