तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्यको शतप्रतिशत नजिक पुग्ने गरी काम गर्नुहोस्  : गृहमन्त्री थापा

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनिहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा सतप्रतिशत नजिक पुग्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

आज गृहमन्त्रालयमा आ.व.२०७६/७७को प्रथम चौमासिक कार्यप्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, ‘ तोकिएको लक्ष्य एक सय प्रतिशत पु¥याउन कोशिस गर्नुुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ, कारणवश पुरा हुन नसकेपनि लक्ष्यको नजिक अवश्य पुगिन्छ । ’

समग्रमा चालु आर्थिक वर्षमा मन्त्रालयले लिएको पहिलो चौमासिकको लक्ष्य पुरा भएको भन्दै गृहमन्त्री थापाले आगामी दिनमा थप कार्यपद्वतिलाई थप सुधार गर्दै  लैजान निर्देशन दिनुभयो ।

शान्ति बिना विकास सम्भव नभएको बताउँदै गृहमन्त्री थापाले सुरक्षा र प्रविधिमा थप लगानी गर्न आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले प्रथम चौमासिक प्रगति सन्तोषजनक रहेको बताउँदै अहिलेका कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।

बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभागले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button