तपाईँ सुन्दै हुनुहुन्छः

भारतको अयोध्याबाट आएका जन्तीको जनकपुरधाममा भव्य स्वागत (तस्बिरसहित)

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्यावाट आएको जन्तिलाई जनकपुरधाममा भव्य रुपमा स्वागत गरिएको छ ।

जनकपुरधाममा प्रवेश गरेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलसहितको सुरक्षा निकायहरु तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रिता कुमारी मिश्र, नागरिक समाजका अगुवाहरु, उद्योगी, व्यवसायी तथा साधुसन्तहरुले भव्य रुपमा स्वागत गरेको छ ।

भारतको अयोध्यापाट दुई वटा रथमा झाकीसहित आएको जन्तिलाई मार्गमा पर्ने गाउँ गाउँ, नगर नगरमा पुष्प बृष्टि गरेर भव्य रुपमा स्वगत गरिएको छ ।

बिश्व हिन्दू परिषदका मन्त्री राजेन्द्र सिंह पंकजको अगुवाई तथा रामजन्मभूमि अयोध्याका सदस्य एवं महन्थ कमलनयन दास जी महाराजको अगुवाईमा पाँचसय बिशिष्ट साधुसन्त महन्थहरु भगवान राम तथा माता सीताको जयजयकार गर्दै जनकपुरधाम आईपुगेका छन् ।

जनकपुरधाममा हुने धनुष यज्ञमा पनि जन्तिहरु सहभागी हुने कार्यक्रम रहेको छ । अहिले जन्ति जनकपुरधामको नगर परिक्रमा गर्दै नगरदर्शन गरिरहेको छ । जानकी मंन्दिरमा मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, छोटे महन्थ रामरोशन दास वैष्णव सहितको साधुसन्तहरुले पनि भव्य रुपमा स्वागत गर्नु भएको छ ।

पाँच सयको संख्यामा आउनु भएको जन्तिलाई जनकपुरधामको मारवाडी सेवा समिति, रौनियार धर्मशाला तथा कलवार धर्मशालामा राख्ने र सोही ठाउँमा नै भोजन, नास्ता तथा बाँसको प्रबन्ध मिलाउने कामकाज भएको जानकी मंन्दिरका उत्तराधिकारी महन्थ एवं श्रीसीताराम विवाहपञ्ची महामहोत्सव मूल समितिका अध्यक्ष रामरोशन दास वैष्णवले जानकारी दिनु भएको छ ।

जनकपुरधाममा यस पटक भारतको अयोध्यावाट आएका जन्तिहरु पाँच दिनसम्म रहने भएको छ । उहाहरु मंसिर १६ गते रामकलेवा पछि पुनः अयोध्यातर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button