तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा धानको उत्पादन बढ्यो, मकै घट्यो

सल्यान – खाद्यन्नका रुपमा बढी प्रयोग हुने धानको उत्पादन बढेको छ भने मकैको उत्पादन घटेको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा धानको उत्पादन बढेको छ भने मकैको उत्पादन भने घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

सल्यानमा चालु आर्थिक वर्षमा सात हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जसमा २९ हजार तीन सय ७२ मेट्रिक्टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षको भन्दा यस वर्ष चार सय १२ मेट्रिक्टन उत्पादन बढि भएको कृषि विकास कार्यालयका रशेम बस्नेतले जानकारी दिए ।

गत वर्ष बराबरको हेक्टरमा लगाएको धान खेती यो वर्ष भने उन्नत जात, मौसम अनुकुल र रोग किरा नलागेका कारण वृद्धि भएको उनको भनाई छ । गत वर्ष सात सय ७८ हेक्टरमा २८ हजार नौ सय ६० मेट्रिक्टन धान उत्पादन भएको थियो ।

धानको उत्पादन बढेको भएपनि यो वर्ष भने सल्यानमा मकैको उत्पादन भने घटेको छ । यो वर्ष सल्यानमा ६० हजार दुई सय ५७ मेट्रिक्टन मकै उत्पादन भएको बस्नेतको भनाई छ । १६ हजार तीन सय ६० हेक्टरमा लगाएको मकै समयमै वर्षा नहुनु तथा अम्लिए वर्षाका कारण उत्पादन घटेको उनले बताए ।

गत आर्थिक वर्षमा ६२ हजार एक सय ४५ मेट्रिक्टन उत्पादन भएको छ । गत वर्षको भन्दै एक हजार आठ सय ८८ मेट्रिक्टन मकै कम उत्पादन भएको बस्नेतले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button