तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर वृद्धको मृत्यु

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ४ का ७१ बर्षिय शान्तबहादुर ओलीको बाँगखोरको भीरबाट लडेर मृत्यु भएको छ ।

घर छाउने कयाँर काट्न गएका ओली बाँगखोरको भीरबाट ७ सय मिटर तल खोलामा खसेका ओलीको घटनास्थलमा नै मृत्यु भएको स्थानीय ललित रावलले बताउनु भएको छ ।

जाजरकोटमा पछिल्लो समय भीरबाट लडेर ज्यान गुमाउनेहरुको सख्या बढ्दै गएको प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button