तपाईँ सुन्दै हुनुहुन्छः

बर्षासँगै हिमपातको सम्भावना, काठमाडौं उपत्यकामा चिसो बढ्यो

काठमाडौं – काठमाडौं उपत्यकामा बुधबार भन्दा आज चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जनाइएको छ । त्यस्तै आज देशभरको मौसममा बदली आउने जनाइएको छ ।

आज देशको पश्चिमी भूभागको मौसममा बदली आउने साथै पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमबिद्ले जनाएका छन् । त्यस्तै आज मध्य तथा पश्चिमी हिमाली भेगका केहि स्थानमा हिमपात हुने सम्भावना रहेको छ । आज पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button