तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन बहिस्कार गर्दै हिड्ने चार पक्राउ

सल्यान । उपनिर्बाचन बहिस्कारको अभियानमा लागेका ४ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

मसिंर १४ गते शनिबार हुने उपनिर्वाचनलाई बहिस्कार गरौँ भन्ने अभियानमा लागेका सिपि गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका ४ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको हो । उनीहरुलाई उपनिर्बाचन हुन लागेको कुमाख गाउपालिका ५ बाट मंगलबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोर्चाका कर्णाली प्रदेश इन्चार्ज एवं पोलिटब्यूरो सदस्य सुर्खेत घर भएका ६० वर्षीय चक्रपाणि शर्मा, दैलेख घर भएका केन्द्रीय सदस्य ४० वर्षीय दिपक शाही, सल्यानको कुमाख गाउपालिका ५ घर भएका ६८ वर्षीय चक्र बहादुर शाह र कुमाख गाउपालिका ७ घर भएका ३८ वर्षीय हिरालाल गोसाई रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको कुमाख गाउँपालिका–५, बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा घटनास्थलबाटै उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button