तपाईँ सुन्दै हुनुहुन्छः

बझाङको जेउडीगाड जलविधुत आयोजना निर्माण कार्य सम्पन्न

बझाङ । निजि क्षेत्रको लगानीमा यहाँको जयपृथ्वी नगरपालिका खाराबगरमा निर्माण भई रहेको १ मेघावाट क्षमताको जेउडीगाड जलविधुत आयोजना सम्पन्न भएको छ ।

विगत दुई वर्ष अगाडिदेखि र्निमाण सुरु गरेको यो आयोजनाको मंगलबार पावर हाउसमा विधुत परिक्षण गरिएको छ । परिक्षण सफल भएपछि उत्पादन सबै विधुत स्थानिय सेलाखेतको सव स्टेसनमार्फत जिल्लामै बितरण गरिएको छ । ६ महिना अगाडि बझाड राष्टिय प्रशारणमा जोडिएपनि विधुतको भोल्टेज न्युन भएको थियो ।

जेउडीगाड जलविधुतको उत्पादन विधुत मंगलवार बितरण गरेपछि सदरमुकाम चैनपुर आसपास झिलीमिली भएको थियो । सबैकाम सकिएर विधुत प्राधिकरणको सेलाखेतमा रहेको सव स्टेसनमा जोडेर विधुत वितरण हिजो गरियो विधुत उत्पादन गर्ने जेउडीगाड जलविधुत आयोजना प्रालीका प्रमुख विरेन्द्र मल्लले भने हामी सफल भयौ । उत्पादन विधुत नेपाल विधुत प्रालीले खरिद गर्ने सहमती अनुसार हिजोवाट नै प्राधिकरणको सव स्टेशन मार्फत विधुत वितरण गरिएको छ ।

राष्ट्रिय प्रशारण लाइनको ३३ केवी डडेलधुरावाट विधुत प्रशारण बझाड्मा ल्याएको थियो । जिल्लामै १ मेघावाट विधुत उत्पादन भएपछि अव जिल्लाका अन्य पालिकामा पनि बिधुत बिस्तार गरिने भएको बिधुत प्राविधिकरण बझाड शाखाका प्रमुख राकेश कुमार भट्टले बताउनुभयो ।

हिजोबाट जेउडीगाड जलविधुत आयोजनामा उत्पादन भएको विधुत वितरण गरिएको छ भने यसको औपचारिक उद्घाटन भने मंसिर महिनाको अन्तमा गरिने भएको छ । डडेलधुरा बस स्टेशनबाट बझाड्का लागि ल्याएको राष्ट्रिय प्रशारण हावाहुरी पानी आए बिग्रने समस्या भएको हुदाँ अब जिल्लामै बिधुत गृह भएपछि विधुतको समस्याबाट जिल्लाबासी मुक्त पाउने भएका छन् ।

अहिले सदरमुकाम चैनपुर आसपास १८ सय घरधुरीलाइँ मात्र विधुत वितरण गरिएको छ अब नयाँ विधुत उत्पादन भएपछि अन्य घरमा पनि विधुत विस्तार गरिने जनाएको छ ।

बझाड्मै घर भएका बिरेन्द्र मल्लले आफू र अन्य साथीहरु जुटाएर ३० करोड लगानीमा १ मेघावाट विधुत आयोजना बनाएका हुन । उता बुंगोलको कालंगामा पनि ७५ मेघावाट क्षमताको कालंगाहाईडे जलविधुतको र्निमाण कार्य भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button