तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क शिविरमा ४५ जनाले मोतियाविन्दुको शल्याक्रिया गराए

स्याङ्जा । यहाँका ४५ जनाले निशुल्क मोतियाविन्दुको शल्यक्रिया गराएका छन् । गह«ौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा दुई दिनसम्म सञ्चालित निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा ४५ जनाको शल्याक्रिया गरिएको आँखा उपचार केन्द्रका प्रमुख तेजबहादुर गुरुङले बताउनुभयो ।

गह«ौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र जिल्ला आँखा उपचार केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो ।

चार सय ५ जनाको आँखा परीक्षण गराई निशुल्क औषधी तथा चस्मा वितरण गरिएको छ । शिविरमा कुल चार सय ५० जनाले सेवा लिएका हुन् ।

शिविरमा स्याङ्जासहित दक्षिण पर्वत, पाल्पा, गुल्मी लगायतका आँखाका बिरामीहरु लाभान्वित भएका गह«ौं घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मोहन विश्वकर्माले बताउनुभयो ।

शिविरमा संलग्न डाक्टर ईलिया श्रेष्ठका अनुसार टाढा टाढा जान नसक्नेहरुले निःशुल्क शल्याक्रिया शिविरबाट सेवा लिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button