तपाईँ सुन्दै हुनुहुन्छः

हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जना पक्राउ

काठमाडौँ – विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जना पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नंम्बर १३ का १९ वर्षीय सुभाष श्रेष्ठ, वर्ष १९ कै कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे र २१ वर्षका अन्जन बराल रहेका छन भने गिरोहमा संलग्न बागलुङ गलकोट नगरपालिका वडा नंम्बर ३ का २५ वर्षका सुमन पौडेल र सिन्धुपाल्चोकको साविक ज्यामिरे गाविस वडा नंम्बर ९ का ३० वर्षका गोविन्द घिमिरे पनि पक्राउ गरिएको आज काठमाडौमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

उनिहरुबाट विभिन्न बैंकका चेक, खाता खोल्न तयार पारिएका फारम, एटिएमलगायतको कागजात बरामद गरिएको परिसरले जनाएको छ ।

परिसरले पक्राउ परेका व्यक्तिलाई बैंकिङ कसुर सम्बन्धि मुद्दा अगाडि बढाउन उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button