तपाईँ सुन्दै हुनुहुन्छः

कालापानी, लिपुलेक र लिम्यियाधुरासम्म स्पष्टसँग देखिनेगरी नक्सा जारी गर्न माग

काठमाडौँ । सिमा बचाऔँ अभियान नेपालले भारतले नेपालको कालापानी लिपुलेक र लिम्यियाधुरा आफ्नोतर्फ पार्दै नक्सा सार्वजनिक गरेको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई आज कालापानी लिपुलेक र लिम्यियाधुरा नेपालको भएको प्रमाण र नक्साबारे जानकारी गराउदै ध्यानाकर्षण गराएको हो ।

कार्यक्रममा मन्त्री अर्यालले नेपाल भारतको सिमाका विषयमा देखिएको समस्या समाधानका लागि सरकारले कुटनीतिक र राजनीतिक रुपमा प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँले कालापानी लिपुलेक र लिम्यियाधुरा नेपालको भूमि भएको प्रमाण जुटाउने काम भैरहेको र नागरिक अगुवाहरुका तर्फबाट भएको पहलले थप मद्दत पुग्ने बताउनुभयो ।

सीमा बचाऔँ अभियानका अभियान्ताहरुले लिम्यियाधुरासम्म नेपालको रहेको तथ्य प्रमाणसहित स्वेतपत्र जारी गर्न तथा कालापानी, लिपुलेक र लिम्यियाधुरा स्पष्टसँग देखिनेगरी नक्सा जारी गर्न माग गरेका छन् ।

उनीहरुले भारतद्वारा भर्खरै सार्वजनिक गरेको नक्सा फिर्ता लिन र अवैध रुपमा कब्जा जमाइएको नेपालको भुमिबाट सैन्यवल हटाउन र प्रधानमन्त्री कै तहमा समस्या समाधानका लागि पहल गर्न मागसमेत गरेका छन् ।

कार्यक्रममा सिमा बचाउ अभियानका अभियान्ताहरु भैरव रिसाल, हिरण्यलाल श्रेष्ठ, सुशिला कार्की, द्वारिका नाथ ढुङ्गेललगायत सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया राख्नुहोस्

Back to top button