तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने

काठमाडौँ । प्रेस सङ्गठन नेपालले यही मङ्सिर २० गतेसम्म जिल्ला र प्रदेश कमिटीको एकता टुङ्गाउने तयारी गरेको दिएको छ । सङ्गठनले प्रदेश र जिल्ला कमिटी दुवैमा केन्द्रीय कमिटीकै अनुपातमा सदस्य निर्धारण गरी टुङग्याउन निर्देशन दिएको सङ्गठनका संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।


उहाँका अनुसार प्रदेश कमिटी संयोजक र सहसंयोजकसहित बढीमा ९९ सदस्यीय र जिल्ला कमिटी बढीमा ४१ सदस्स्य नबढ्ने गरी प्रदेश कमिटीले तय गर्नेछ ।

सङ्गठनले ‘एक व्यक्ति एक पद’को नीति लागू गर्दै कमिटी एकता गर्दा संयोजक र सह–संयोजक पूर्व कमिटिका अध्यक्ष÷संयोजक रहने व्यवस्था गरिएको छ । यदि पूर्वअध्यक्ष संयोजक कमिटीमा बस्न नमिलेमा वा अर्कालाई हस्तान्तरण गर्न चाहेको अवस्थामा सहमतिका आधारमा वरिष्ठ र सक्रियताको आधारमा चयन गर्न सकिने निर्देशनमा उल्लेख गरिएको छ ।

तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको सङ्ख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । साविक चौतारीबाट १२४ र सेन्टरबाट १०९ गरी केन्द्रीय कमिटीको सङ्ख्या २४९ सदस्यीय कायम गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button