तपाईँ सुन्दै हुनुहुन्छः

ठुलो परिणाममा औषधसहित एक युवकलाई पक्राउ

बर्दिवास । ईलाका प्रहरी कार्यालय बर्दिवासले ठुलो परिणाममा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सखुवानकारकटी गाउँपालिका ५ घर भएका मोहम्मद सजिम अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी निशान्त थापाले जानकारी दिनुभयो ।

प्रहरीले अन्सारीको साथबाट नाईट्रोभेट ट्यावलेट २ सय ४० पिस, फेनेरगन ईन्जेक्सन ३ सय एम्पुल, नोफेने ईनजेक्सन ३ सय ८८ एम्पुल, डाईजेपम २ सय ९६ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका अन्सारीले लागुऔषध काठमाडौं लाने तयारी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button