तपाईँ सुन्दै हुनुहुन्छः

बन पैदवार चोरी निकासी मुद्दाका फरार दुई अभियुक्त पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले दुई जना फरार अभियुक्तलाई प्रक्राउ गरेको छ । बारबर्दिया नगरपालिका वडा नं.१० बस्ने छपिलाल थारु र चनक बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

बारबर्दिया नगरपालिका वडा नं.१० बस्ने छपिलाल थारुलाई अनियमित बन पैदवार चोरी निकासी मुद्दामा सम्मानित बर्दिया जिल्ला अदालतले २०७१।१०।२१ गतेको फैसला आदेशले थारुलाई १० दिन कैद र २१ हजार नौ सय ८४ जरिवानाको फैसला सुनाएको थियो ।

इलाका प्रहरी कार्र्यालय जयनगर बर्दियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा बारबर्दिया नगरपालिका वडा नं.८ स्थित सडक बाटोमा हिडिरहेको अवस्थामा फेला पारी थारुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यस्तैगरी अर्का फरार व्यक्ति , बारबर्दिया नगरपालिका वडा नं.१० बस्ने चनक बहादुर थारु पक्राउ परेका छन । बन पैदवार चोरी निकासी मुद्दामा सम्मानित बर्दिया जिल्ला अदालतको मिति २०७१।१०।२१ गतेको फैसला आदेशले चनक बहादुर थारु १ महिना कैद र २१ हजार नौ सय ८४ जरिवाना तोकि हालसम्म फरार रहेको थारुलाइ प्रक्राउ गरेको हो ।

इलाका प्रहरी कार्र्यालय जयनगर बर्दियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा बारबर्दिया नगरपालिका वडा नं १० स्थित सडक बाटोमा हिडिरहेको अवस्थामा फेला पारी थारुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि आजै सम्मानित बर्दिया जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button