तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आज बिहान भेन्टिलेटर हटाइयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । बुधबार बिहान उहाँलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।

‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो  ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button