तपाईँ सुन्दै हुनुहुन्छः

पानीको बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न

भद्रपुर-झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीकमो बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राख्नुभएको छ । मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष डालमियाले ‘अक्वा टप मकालु प्रालि’मार्फत ‘डालमिया’ बोतल र जारमा प्रतीक चिह्न राख्नुभएको हो ।

भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पु¥याउन पानीको बोतलमा नेपाल भ्रमण वर्षको प्रतीक चिह्न राखेकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फेसबुकमार्फत सो कार्यको प्रशंसा गर्नुभएको छ । जिल्लामा पिउने पानीको उत्पादन गर्ने १८ उद्योग सञ्चालनमा छन् । डालमियाले नेपाल भ्रमण वर्ष सफल बनाउन बोतलमा प्रतीक चिह्न राखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button