तपाईँ सुन्दै हुनुहुन्छः

जनतासँग गरिएका प्रतिबद्धताबाट पछि हट्दिन : पौडेल

कास्की। नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आफूले झुट बोल्न नजान्ने बताउँदै जनतासँग गरिएको प्रतिबद्धतामा पछि नहट्ने बताउनुभएको छ ।Image result for खेमराज पौडेल

पार्टीको चुनाव प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले उम्मेदवार बनेर चुनावी मैदानमा होमिँदै गर्दा जनतासामु गरिएका प्रतिबद्धतालाई निर्वाचन जितेसँगै कार्यान्वयनमा ल्याउन क्रियाशील बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली समाजको रुपान्तरणका साथै यहाँका जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आफूले छ दशकयता सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले काँग्रेस संस्थापक एवं लौहपुरुष गणेशमान सिंहको चेला भएका कारण उहाँका आदर्शलाई सधैँ शिरोधार्य गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

निर्वाचन क्षेत्रभित्र विद्यमान सडक, खानेपानी, शिक्षालगायतका समस्यामा आफू पूर्णरुपमा जानकार भएको उल्लेख गर्दै उहाँले यी समस्याको समाधानका साथै यस क्षेत्रलाई स्वच्छ र हराभरा बनाएर यहाँका पर्यटकीय सम्भावनालाई उजागर गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button