तपाईँ सुन्दै हुनुहुन्छः

प्रमको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न

 

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री विहान पेटमा पीडा भएपछि स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर पुग्नुभएको थियो ।

स्वास्थ्य परिक्षण क्रममा उहाँको एपेन्डिासाइटिसको शल्यक्रिया गर्नुपर्ने निष्कर्षमा चिकित्सहरु पुगेपछि प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना गरी शल्यक्रिया गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button