तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन २०७६ : निर्वाचन आयोगद्वारा सवारी आवागमन व्यवस्थापन स्वीकृत

काठमाडौँ   – निर्वाचन आयोगले मङ्सिर १४ गते शनिबार हुने उपनिर्वाचनको सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ ।

प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको लागि मङ्सिर १४ गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा मतदान हुने दिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सवारी पास अनुमति पत्र प्राप्त गरेका बाहेक अन्य सवारी साधन सञ्चालनमा स्वीकृत योजनाले रोक लगाएको छ ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा राष्ट्रिय मानव अधिकार आयोग, संवैधानिक निकाय, कुटनीतिक नियोगका अवलोकनकर्ता, संयुक्त राष्ट्र संघीय नियोग र नेपालका विकास साझेदार संस्थाहरूलाई मतदानको दिनको तोकिएको मापदण्डभित्र रही सवारी अनुमति पत्र निर्वाचन आयोगबाट उपलब्ध हुने व्यवस्था गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

थप व्यवस्था
मानवीय उद्धार एवं सहायतामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई प्रयोग गर्न र कामको प्रकृति हेरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट एउटा जिल्ला भन्दा बढी जिल्लाका लागि पनि सवारी पास जारी गर्न सकिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवाको हकमा सवारी अनुमति पत्र लिइरहनु नपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button