तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले संविधानको कार्यान्वयन गर्न नसकेको आरोप

पोखरा।नेपाली काँग्रेसकी नेत्री एवं राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले संविधानको कार्यान्वयन गर्न वर्तमान सरकार असफल भएको बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत काँग्रेस कास्कीद्वारा आज पोखरामा उहाँले संविधानले गरेका व्यवस्थालाई पनि सरकारले कार्यान्वयनमा लान नसकेको आरोप लगाउनुभयो ।

विकास र समृद्धिको नारा लिएको सरकारले दैनिक एक हजार ५०० युवा विदेशिएको टुलुटुलु हेरेर बसेको भन्दै उहाँले लगानीमैत्री, युवामैत्री वातावरण सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै काम लगाउनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहीनता, सुशासनलगायत विषयमा सरकार असफल बनेको उल्लेख गर्दै उहाँले सरकारलाई सही मार्गमा हिँडाउनका लागि पनि यस उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो ।

यसैबीच नेपाली काँग्रेस कास्कीले क्षेत्र नं २ का सबै मतादातसँगको भेटघाट सकिएको जनाएको छ । एक पटक सबै मतादातासँग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसँग राख्ने काम भएको कास्कीका पार्टी सभापति एवं निर्वाचन परिचालन मूल समितिका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button