२०७९ साल साउन २७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य

रेडियो नेपाल २०७६ मंसिर ९ गते १५:२०

काठमाडौँ – पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत हुनुभएको छ । कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत हुनुभएको हो ।

बाँस्तोला गत साउन ६ गते संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्नुभएका बेला सदस्य पदमा मनोनीत हुनुभएको हो । यसैगरी जैन र पाण्डे योगेश भट्टराई मन्त्री हुनुभएपछि मङ्सिर ६ गते नियुक्त हुनुभएको पत्र प्राप्त भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयोे । पशुपति क्षेत्र विकास कोष ऐन २०४४ ९संशोधनसहित० अनुसार नियुक्त तीनै जना सदस्यको पदावधि चार वर्षको हुनेछ ।

सम्बन्धित