तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ५० वस्तुहरुको निर्यातका लागि सहजिकरण गरी प्रकृया अघि बढाउने

भुवनप्रसाद आचार्य, काठमाडौं । नेपाल र चीनका उच्च अधिकारीहरु दुईदेश बीचका सीमा नाकाहरुमा पूर्वाधार निर्माण तथा सुख्खा बन्दरगाहको निर्माणलाई तिब्रताका साथ अघि बढाउने सम्बन्धमा छलफल गरेका छन् ।

नेपाल भ्रमणमा रहेको चीनको एक उच्चस्तरीय टोली र बाणिज्य मन्त्रालयबीच तातोपानी भन्सार नाकालाई र्पूण क्षमतामा संचालन गर्ने, रसुवागढी नाकालाई थप व्यवस्थित गर्ने तथा रसुवाको टिमुरेमा निर्माण शुरु भएको सुख्खा बन्दरगाह निर्माणलाई छिटो क्षरितोरुपमा सम्पन्न गर्ने विषयमा आइतवार छलफल भएको हो ।

चीनका राष्ट्रपति सिजिफिड.को हालै सम्पन्न नेपाल भ्रमणको क्रममा भएको सहमती अनुसारका पूर्वाधारहरु नेपाल चीन सीमामा शिघ्र निर्माणको सम्बन्धमा छलफल गर्न चीनिया टोली नेपाल आएको हो ।

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालसंग आइतवार मन्त्रालयमा भएको छलफलमा नेपालबाट चीनमा निर्यात गर्ने १ सय ५० वस्तुहरुको निर्यातको व्यवस्था, नेपालमा हुने नेपाल चीन व्यापार मेला र टिमुरेमा निर्माण शुरु भएको सुख्खा बन्दरगाहको निर्माणलाई तिब्रता दिने लगायतको विषयमा छलफल भएको थियो ।

त्यसै गरी नेपाल र चीन बीचमा निर्माण गर्ने भनि सहमती भएका सीमा नाकाहरु पुलान यारी हुम्ला, नेचुड. लिजि मुस्ताड.लगायतका स्थानका नाकामा पूर्वाधार निर्माणका सम्बन्धमा पनि छलफल भएको बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनु भयो ।

त्यस अवसरमा नेपालले चीनमा निर्यातको लागि प्रस्ततु गरेका तरकारी, फलफूल, जडिबुटि लगायतका १ सय ५० वस्तुहरुको निर्यातका लागि सहजिकरण गरी प्रकृया अघि बढाउने विषयमा पनि छलफल भएको सहसचिव ढकालले जानकारी दिनु भयो । नेपाल भ्रमणमा आएको चिनिया टोलीको नेतृत्व चिनको स्वशाशित क्षेत्र तिब्बतको बाणिज्य विभागमा महानिर्देशक सी चेन्घ्वाले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button