तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादीसँग तत्काल एकताको सम्भावना छैनः महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताउनुभएको छ ।

सिरहामा आज सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक महतोले समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो ।

उहाँले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले सङ्घीय सरकारलाई सहयोग गर्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button