तपाईँ सुन्दै हुनुहुन्छः

सागका खेलाडीहरुको हौसल बढाउन प्याकेज घोषणा गरिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलको उपस्थितीमा  मा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार मंगलबार ११ बजेले प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

सागको उद्घाटन मंसिर १५ गते हुने र उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जानकारी राखेपले दिएको छ । उद्घाटन सत्र ३ घण्टा भन्दा बढी चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले सागको उद्घाटन गर्ने र प्रधानमन्त्री केपी ओलीले उद्घाटन सत्रलाई सम्बोधान गर्ने राखेप सदस्य सचिव सिलवालले जानकारी दिनुभयो ।

नेपालले तेस्रो पटक सागको आयोजना गर्न लागेको हो । नेपालले यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा तेस्रो साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद –साफ) आयोजना गरेको थियो ।
१३ औं साग काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा मंसिर १४ देखि २५ गते सम्म आयोजना हुँदैछ । नेपालसहित ७ राष्ट्रका ३ हजार भन्दा खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले सबै २६ खेलमा झन्डै ६ सय खेलाडी उतार्नेछ । साग आयोजनाका लागि ५ अर्ब रुपैयाँ भन्दा बढी खर्च हुँदैछ ।

नेपालमा तेस्रो पटक हुन लागेको सागमा २७ खेल हुने भनिएपनि अन्तिम समयमा टिम अभावका कारण प्याराग्लाइडिङ नहुने भएपछि २६ खेलमा प्रतिस्पर्धा हुने भएको छ । जसमा नेपाल र श्रीलकाले सबै खेलमा सहभागिता जनाउने छन । घरेलु मैदानमा हुने सागमा यसपटक धेरै खेलाडीको सहभागिता हुने देशमा नेपाल नै अगाडी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button