तपाईँ सुन्दै हुनुहुन्छः

पुरानो र नयाँ दुई व्यवस्थापनको बिवादका कारण भक्तपुर क्यान्सर अस्पतालमा झडप

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नयाँ प्रमुख प्रशासकीय अधिकृत र मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ ।

लोकेन्द्र कुमार श्रेष्ठ नेतृत्वको पुरानो व्यवस्थापन समितिको बोर्ड बैठकले अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार र मेडिकल सुपरिटेन्डेन्टमा दिपेश धिताललार्ई नियुक्त गरेको विरोधमा हाल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका डा. ऋषिकेश नारायण श्रेष्ठसहितको कर्मचारी टोलीले अस्पतालमा नारबाजी गरेको थियो ।

शिलाकार र धितालको जिम्मेवारीमा अस्पतालको काम कारवाही अगाडी बढ्न नदिने अस्पतालका कर्मचारीको भनाई छ ।

दुई पक्षबीच झडपको अवस्था सिर्जना हुँदा नवनियुक्त शिलाकारको गाडीमा तोडफोड समेत भएको छ भने शिलाकारलगायत समर्थनमा गएका कर्मचारी र सुभेच्छुकमाथी हातपातसमेत भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख सबिन प्रधानले थप झडप हुन नदिन प्रहरीले बेलैमा सचेतता अपनाएको र स्थिति सामान्य बनाएको बताउनुभयो ।

पुरानो व्यवस्थापनले अनियमितता गरेको आरोपमा हाल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ भने यसलाई अवैध भन्दै पुरानै व्यवस्थापन समिति मार्फत कार्य गर्न सर्बोच्च अदालतले स्टे अर्डर जारी गरेको छ । तर पनि नगरपालिकाले अदालतको आदेशको अवज्ञा गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button