तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा बिप्लब समुहका दुई कार्यकर्ता पक्राउ


बर्दिया – बर्दियाका बिप्लब समुहका जिल्लास्तरका दुई जना कार्याकर्ता पक्राउ परेका छन् । बिष्फोटक पदार्थ सम्बन्धि कसुर मुद्दा लागि फरार रमेश बि.क र सन्जु चौधरीलाई पार्टी पुर्नगठन भव्य रुपले मनाउ’ भन्ने नारासहितका ५० थान पर्चा पम्पलेट टाँस्दै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरिक्षक ईन्द्रजित सुनारको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बर्दिया बासगढी न.पा. वडा नं. ३ स्थित गएराति ११ बजेको समयमा रमेश बि.क (बिप्लब समूह बर्दिया जिल्ला सदस्य ) र बिप्लव समुहका बर्दिया जिल्ला पाटी सदस्य सन्जु चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका बर्दियाको बढैयाताल गाँउ पालिका बस्ने रमेश बि.क लाई आवश्यक कारबाहीको लागि आजै सम्मानित जिल्ला अदालत बर्दियामा पठाईएको र सन्जु चौधरीलाई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button