तपाईँ सुन्दै हुनुहुन्छः

पाटे बाघको छालासहित ६ जना पक्राउ

धादिङ –प्रहरीले धादिङको गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट पाटे बाघको छालासहित ६ जना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ बस्ने ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ५७ वर्षीय सन्त तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

बाघको छाला बेचविखन गर्ने उदेश्यले ओसारपसार हुँदैछ भन्ने गोष्य सूचनाको आधारमा प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय धादिङको संयुक्त टोलीले पक्राउ गर्न सफल भएका हुन् ।

प्रहरीले बाघको छालासहित उनीहरु सवार बा १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । साथै उनीहरुले प्रयोग गरिएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ । छालासहित पक्राउ गरिएकाहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको छ ।

पक्राउ गरिएको बाघको छाला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइने जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button