तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भानुमा फेरी पर्यो काठको खोरमा पोथी चितुवा (तस्बिरसहित)

 

  तनहुँ । तनहुँको भानु नगरपालिकामा फेरी अर्को एउटा पोथी चितुवा खोरमा परेको छ । भानु–२ तिलाङकाटेस्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा शनिबार राति एउटा पोथी चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

भानु–२ स्थित मझुवा ओख्ले सामुदायिक बनमा बनाइएको काठे खोरमा दोस्रो पोथी चितुवा परेको हो । स्थानीय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त चितुवा परेको डिभिजन बन प्रमुख बरालले बताउनुभयो । ‘८र९ वर्षको जस्तो देखिन्छ, पोथी चितुवा हो’ डिभिजन बन प्रमुख बरालले भन्नुभयो ‘करिब ४० देखि ४२ किलो जत्तिको छ ।’ यस अघि कात्तिक २६ गते मगलबार भानु–१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा पोथी चितुवा परेको थियो ।

काठे खोरमा परेको यो चौथो चितुवा हो । यसअघि दुई वटा भाले र एउटा पोथी चितुवा काठे खोरमा परिसकेको छ । उक्त चितुवालाई बुटवलस्थित मणि मुकुन्दसेन पार्कमा पठाइएको प्रमुख बरालले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघी परेका भन्दा सानो आक्रमक रहेको बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन बन कार्यालय तनहुँको संयुक्त टोलिले उक्त चितुवालाई बुटवलस्थित मणि मुकुन्दसेन पार्कमा लगिएको बरालले बताउनुभयो ।

चितुवा नियन्त्रण लिएको केही दिन भित्र अर्को चितुवाले मानिसलाइ आक्रमण गर्ने गरेकोले सर्तक रहनका लागि भानुवासी डिभिजन बन कार्यालय तनहुँले अनुरोध गरेको छ ।

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको विज्ञ टोलिको भनाई छ ।

भानु नगरपालिकाको विभिन्न वडामा पटक–पटक चितुवाले आक्रमण गरी बालबलिकाको ज्यान लिन थालेपछि केहीसमय अघि त्यस क्षेत्रमा पुजापाठसमेत गरिएको थियो ।

‘विशेषगरी साँझ र बिहानको समयमा बस्तीमा नै पसेर चितुवाले निरन्तर आक्रमणको प्रयास गरेपछि अभिभावकलाई छोराछोरी एक्लै नछाड्न भनेका हौं ।’ डिभिजन बन प्रमुख बरालले भने ’चितुवा नियन्त्रणमा लिन जंगलमा परम्परागत काठका खोरहरु निर्माण गरी पासोसमेत थापेका छौ ।’

भानु नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाका दुईसय ५२ घर धुरीका पाँच सयभन्दा बढी स्थानीयको सहभागितामा त्यहाँको कालिका मन्दिरमा आइतबार पुजा लगाइएको थियो ।

भीमसेन थुम्कामा दशवटा र थप्रेक कालिका मन्दिरमा दुईवटा गरी बाह्रवटा बोकालाई बलि दिइएको थियो । पहिलेदेखि नै चलिआएको परम्पराको संस्कारलाई निरन्तरता दिएको स्थानीयको भनाइ छ ।

पछिल्लो समय दिनहुँजसो चितुवाले बालबालिकालाई घरमै आई ज्यान लिन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बन्दै आएका थिए । त्यस्तै निरन्तरको आक्रमण प्रयास नरोकिएपछि बालबालिका विद्यालय जानसमेत डराउन थालेका छन् । चितुवाको आक्रमण नरोकिएपछि अभिभावकलाई आफ्ना केटोकेटीलाई एक्लै नछाड्न आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो ।

‘विशेषगरी साँझ र बिहानको समयमा बस्तीमा नै पसेर चितुवाले निरन्तर आक्रमणको प्रयास गरेपछि अभिभावकलाई छोराछोरी एक्लै नछाड्न भनेका हौं ।’ डिभिजन बन प्रमुख बरालले भने ’चितुवा नियन्त्रणमा लिन जंगलमा परम्परागत काठका खोरहरु निर्माण गरी पासोसमेत थापेका छौ ।’ मन्दिरमा पुजापाठ, जप तथा रुद्राभिषेक गरिएको थियो ।

करिब २० महिनाको अवधिमा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाको ज्यान गइसकेको छ भने ४ जना घाइते भएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button