तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित आठ जना प्रहरीको नियन्त्रणमा

घोराही – दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित आठ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट आठ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङलाई प्राप्त भएको गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोदबिक्रम शाहले जानकारी दिनुभएको छ । प्रहरीले घोराही १४ बसपार्कबाट ब्राउन सुगरको कारोबार भईरहेको समयमा पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १० ग्राम ब्राउन सुगरसहित हिजो घोराही १३ का बिशाल पुन मगर, घोराही १४ का बिशालसिंह नेपाली, महेश वली, आलोक डाँगी र प्रबिण वलीलाई पक्राउ गरेको जनाएको छ । यस्तै हिजो नै थप तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले गोप्य सुचनाका आधारमा घोराही १३ बाह्रकुने नजिकै कारोबार भइरहेको भन्ने सुचानका आधारमा ३० ग्राम २३० मिलीग्राम ब्राउन सुगरसहित बरामद तीन जनालाई पक्राउ गरेको शाहले जानकारी दिनुभएको छ ।

प्रहरीले रुकुमपश्चिम बाफेकोट ७ का शेरबहादुर खत्री, रुकुमपूर्व भुमे १ का तपजित घर्ती मगर र घोराही १३ का अबिनास थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका आठै जना बिरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) बमोजिम मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button