तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्यता

नेपालगञ्ज । नेपालका धेरै युवाहरु बेरोजगार भएको बेला नेपालगञ्ज औद्योगिक क्षेत्रमा भने भारतीय मजदुरको बाहुल्यता देखिएको छ ।

नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा त्यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन् ।

धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्यता भएको हो ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार १ हजार ५०० कामदारमध्ये औद्योगिक क्षेत्रमा करीब १ हजार भारतीय कामदार रहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार अन्य उद्योगमा भन्दा धातुजन्य र प्लाइउड उद्योगमा अधिकांश भारतीय मजदुर कार्यरत छन् ।

जनशक्तिको अभावका कारण भारतीय कामदारको प्रयोग अत्यधिक रहेको उहाँले बताउनुभयो ।

नेपालमै दक्ष जनशक्ति नभएकै कारण नेपाली मजदुरभन्दा भारतीय मजदुर राख्नुपरेको कार्यालय प्रमुख पुनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button