तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु

बैतडी, ७ मङ्सिर – मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते हुनुभएका एक वृद्धाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री हुनुहुन्छ ।

गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते खत्रीलाई शुरुमा उपचारका लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गर्दा त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज लान लागिएको थियो ।

गोकुलेश्वरबाट गन्ना जाँदै गरेको म२प २८२० नंको मोटरसाइकले पैदलयात्री खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक बिपिन नाथ फरार छन् । मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button