तपाईँ सुन्दै हुनुहुन्छः

मौसम पूर्वानुमानले निकाल्यो तीन दिनको यस्तो सूचना

काठमाडौं । शनिबार देशका पश्चिमी र मध्य पश्चिमका भूभागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमि र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सफा रहनेछ । पश्चिमि बायुको प्रभावले नेपालमा यसको असर परेको हो ।

यस्तो छ आगामी तीन दिनको मौसम ?

शनिबार
देशको पश्चिमि भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुर्इ स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपात हुने देखिन्छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडि भू–भागका एक–दुर्इ स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम हिमपात हुने सक्ने सम्भावना देखिएको छ ।

आइतबार

देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

यस्तै राति देशका मध्य र पूर्वि भू–भागमा सामान्य बदली रहि पश्चिमी भू–भागमा आंशिक रहनेछ । पूर्वि र मध्य पहाडि भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना देखिएको छ ।

साेमबार

देशका मध्य र पूर्वि भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वि र मध्य पहाडि भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button