तपाईँ सुन्दै हुनुहुन्छः

फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रलायका सचिव डा.बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्स, मिनिस्ट्रि अफ फरेन अफेयर्स अफ फिनल्याण्ड र फिनपार्टनरशीपको संयुक्त आयोजनामा काठमाण्डौमा आयेजित “डुईङ बिजनेश विथ फिनल्याण्ड” विषयक गोष्ठीमा बाणिज्य सचिव अर्यालले मुलुकको आर्थिक विकासका लागि नेपालले फिनल्याण्डसँग व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा जोड दिएको र निजी क्षेत्र तथा नेपाल भ्रमणमा रहेका फिनल्याण्डका व्यवशायीका समस्यामा समाधन गरी अनुकूल वातावरण बनाउन तैयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपलका लागि फिनल्याण्डका राजदूत पेर्र्टी एन्टिननले चेम्बर सँगको सहकार्यमा व्यापारीक प्रतिनिधी मण्डलको भेटघाटले यूरोपियन समुदायले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईवीए) को सुविधाले नेपालका उत्पादनहरु नेपाली उत्पादनहरु युरोपको बजारमा प्रवेश गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा फिन पार्टनरशीपका कार्यक्रम निर्देशक विग्रिट नेभ्लाले दीगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचनाप्रविधी र सञ्चार, कन्टेनर विञ्डिङ आदिमा नेपाललाई सहयोग गर्न सकिने बताउनुभयो ।

नेपालमा पर्यटन प्रबद्र्धनको लागि समेत फिनल्याण्डबाट उल्लेख्य पर्यटक आउन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । ५५ करोड युरोको बास्केट फण्डबाट प्रक्रिया पुर्याई नेपालका उद्योगी व्यवशायीहरुले फाइदा लिनसक्ने बताउनुभयो ।

कार्यक्रममा चेम्बरका उपाध्यक्ष अध्यक्ष नरेश श्रेष्ठले फिनल्याण्डबाट बाह्रै महिना पर्यटक भित्राउन सक्ने नेपालको संभाव्यताको भरपूर प्रयोग गर्नु पर्ने बताउनुभयो ।

सन् २०१८ मा नेपालको फिनल्याण्ड सँगको व्यापार घाटा १७ करोड ९० लाख अमेरिकी डलर बराबर रहेको छ । जसमा आयात १९ करोड ८० लाख अमेरिकी डलर र निर्यात केवल ९ लाख अमेरिकी डलर मात्र रहेको व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button