तपाईँ सुन्दै हुनुहुन्छः

सुनारको अध्यक्षतामा क्रियाशील दलित पत्रकार संघ, नेपाल गठन

नागरिक दैनिकका वरिष्ठ संवाददाता पवित्रा सुनारको अध्यक्षतामा क्रियाशील दलित पत्रकार संघ, नेपाल गठन भएको छ ।

संघका अध्यक्ष पवित्रा सुनारले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत दलित समुदायका पत्रकारहरुको पहलमा १३ सदस्यीय समिति गठन एवं दर्ता सम्पन्न भएको जानकारी दिनुभयो ।

संघको उपाध्यक्षमा रेडियो नेपालमा कार्यरत टिकाराम सुनार, महासचिवमा सिआइएन रेडियोका केशवबहादुर भुल, सचिवमा अनलाइनखबरका विश्वास खड्काथोकी र कोषाध्यक्षमा उज्यालो ९० नेटवर्कका विष्णुबहादुर विक रहेका छन् ।

संघको सदस्यमा हिमालय टेलिभिजनका सन्देश परियार, सिआइएन रेडियोका सिर्जना बराल, नयाँ पत्रिकाका प्रकाश धौलाकोटी, रेडियो नेपालका रमेश टमट्टा, आर्थिक अभियान दैनिकका मिलन विश्वकर्मा, इमेज टेलिभिजनका रुपा सुनार, थाहा सञ्चार रेडियो नेटवर्कका कोमलमान विश्वकर्मा, हिमालय टाइम्स दैनिकमा कार्यरत सरिता मिजार रहनुभएको छ ।

दलित समुदायका पत्रकारहरुलाई एकताबद्ध गरी पेशागत हकहित रक्षाका साथै सामाजिक न्यायका पक्षमा संगठित रुपमा कलम चलाउन उत्प्रेरित गर्ने उद्देश्यसहित संस्था दर्ता गरिएको र अब चाँडै देशभरी सञ्जाल विस्तार गरिने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button