तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि एकीकृत सुरक्षा योजना पारित

निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ ।

बैठकले सुरक्षाको समग्र अवस्थाबारे विश्लेषण गरी उपचिर्वाचन हुने मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील बर्गिकरण गरी सोहीअनुरुपको सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

सरकारले उपनिर्वाचनका लागि नेपाल प्रहरी ६ हजार, सशस्त्र प्रहरी बल र नेपाली सेना १०÷१० हजारको संख्यामा परिचालन गर्ने निर्णय गरेको छ ।

सुरक्षा निकायबाट प्रस्तुत सुरक्षा योजनामाथि आएका सुझावलाई समेटेर निर्वाचनमा उचित सुरक्षा प्रवन्ध मिलाउन संवेदनशील, अति संवेदनशील र सामान्य मतदान स्थलको वर्गीकरण गरिएको आयुक्त पौड्यालले बताउनुभयो ।

वर्गीकरण गरिएका स्थलमा पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा कतिपय स्थलमा सुरक्षाकर्मी परिचालित भइसकेका र केही स्थलमा भने एक–दुई तीन दिनभित्र परिचालन हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button