तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन शुरु गरिएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको सङ्ख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो ।

सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले आजदेखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको छ । नगरपालिकाबाट खटिएका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नगरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउने अभियान थालेको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button