तपाईँ सुन्दै हुनुहुन्छः

आज सन्दीप र पारसको टिम भिड्दै

Image result for सन्दीप र पारस

काठमाडौं । युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का रहेको टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ मा सुरु हुनेछ ।

प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छ । किनकी सुपर लिगमा दुवै टिमको प्रदर्शन खराब रहदै आएको छ ।

सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

आबु धाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ । किनकी सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन् ।

यता, पारस भने सुरुवाती दुई खेलपछि टिम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button